• २०८१ बैशाख १४ शुक्रबार

इपिएल : चितवन टाइगरले काठमाडौँलाई दियो १६१ रनको लक्ष्य, दिपेन्द्रले बनाए ४५ रन 

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्सले काठमाडौँ किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिंग गरेको चितवनले १९.५ ओभरमा अल आउट हुदै १६० रन बनाएको हो। 

काठमाडौँका बलरले खेलमा उत्कृष्ट कमब्याक गर्दै चितवनलाई १६० रनमा रोकेका हुन्। चितवनले आफ्ना अन्तिम ४ विकेट केवल ८ रनमा गुमाएको थियो। 

चितवनका लागि दिपेन्द्र सिंह ऐरीले ४५ रन बनाएका थिए। दिपेन्द्रले ४० बलमा ५ चौका हान्दै ४५ रन बनाएका थिए। चितवनका लागि पउल स्टिरलिङ्गले १३ बलमा ३४ रन बनाएका थिए। त्यस्तै सोनु सुनवारले २५, जर्ज स्कटले १५, कप्तान पृथु बास्कोटाले अविजित २० रन बनाएका थिए। 

काठमाडौँ किंग्सका लागि संसद सेखले ३ विकेट लिएका थिए। संसदले २.५ ओभरमा १८ रन दिएर ३ विकेट लिएका थिए। साथै संसदले एक विकेट रङ आउट समेत गरेका थिए। त्यस्तै काठमाडौँका प्रदीप साहुले ३ महत्वपूर्ण विकेट लिएका थिए।  साहुले चितवनका स्टिरलिङ्ग, जोन सिम्सन र दिपेन्द्रको विकेट लिएका थिए। त्यस्तै केभिन ओब्रायन, अमर सिंह रौतेला र सागर पुन एक एक विकेट लिएका थिए। 

काठमाडौँ किंग्सले केहि बेरमा ब्याटिंग सुरु गर्दै छ। 

काठमाडौँ किंग्सले इपिएलमा आफ्नो पहिलो खेल खेल्दै छ भने चितवनले आफ्नो पहिलो खेल आइतबार ललितपुर प्याट्रीयटर्ससँग पराजित भएको थियो।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै