• २०८१ बैशाख ७ शुक्रबार

काठमाडौं महानगरलाई नुवाकोट र धादिङको जवाफ – फोहोर नपठाउनुस्, दिन पनि केही पर्दैन !

kharibot

काठमाडौंं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर व्यवस्थापनका लागि छिमेकी जिल्ला नुवाकोट र धादिङका गाउँ र नगरसँग छलफल गरेका छन् । आइतबार फोहोर प्रभावित क्षेत्रका स्थानीय सरकार प्रमुख र उपप्रमुखसँग मेयर शाक्यले बैठक गरेका थिए । 

बैठकमा धादिङको धुनिबेसी  नगर र नुवाकोटको ककनी गाउँपालिका प्रमुखले फोहोरको कारण आफूहरु आलोचित बन्नुपरेको बताएका थिए । धुनिबेसी नगरका प्रमुख बालकृष्ण आचार्यले फोहोर व्यवस्थापनमा परिणाम देखाउन नसक्दा आलोचित हुनुपरेको बताएका थिए भने उपप्रमुख निरु खरेलले भने मेयर शाक्यसँग 'फोहोर पनि नपठाउनुस्, दिनु पनि केही पर्दैन' भन्दै स्पष्ट धारणा राखेकी थिइन् । त्यस्तै ककनी गापाका अध्यक्ष मानबहादुर लामाले आफूहरु स्थानीयबासीलाई जवाफ दिनसक्ने अवस्थामा नरहेको पीडा सुनाएका थिए । 

उनीहरुले काठमाडौंको फोहोरले सास्तीजति आफूहरुले भोग्नुपरेको भन्दै आवश्यक पहल गर्न मेयर शाक्यको ध्यानाकर्षण गराएका थिए । उपत्यकाको फोहोर नुवाकोटमा लगेर डम्पिङ गरिँदै आएको छ भने वरपरका स्थानीयले स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै बेला बेला आन्दोलन समेत गर्दै आएका छन् ।

उनीहरुले स्थानीय जनस्वास्थ्यप्रति संवेदनशील भएर आवश्यक कदम नचाली बञ्चरेडाँडामा फोहोर पुर्याउन नदिने बताएका थिए । बैठकमा ककनी १ का वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ पनि उपस्थित रहेका थिए । 
यता महानगरका मेयर शाक्यले भने आफूले संघीय सरकारलाई साथमा राखेर छलफल गर्ने आश्वासन दिएका थिए । 

बैठकमा प्रमुख शाक्यले ल्याल्डफिल्ड साइटको दिगो व्यवस्थापन गर्न संघ सरकार, सडक विभाग र महानगरबीच कामको बाँडफाँट भइसकेको जानकारी दिँदै बालाजुदेखि तीनपिप्लेसम्मको सडकको काम तत्काल सक्न ठेकेदारलाई ताकेता भइसकेको, ओखरपौवा सिसडोलदेखि बञ्चरे डाँडासम्मको १.९ किलोमिटर सडक दुईतर्फी कालोपत्रे गर्न मंसिर १० गते बोलपत्र आह्वानको सूचना प्रकाशित भइसकेको बताएका थिए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै