• २०८१ बैशाख ६ बिहीबार

ब्रिगेड ब्वायजमाथि आर्मीको संघर्षपूर्ण जित

kharibot

काठमाडौँ। शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टिम आर्मी क्लबले ब्रिगेड ब्याइजमाथि १-० को संघर्षपूर्ण जित हासिल गरेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा आर्मी खेलको सुरुवातदेखि नै आक्रामक खेले पनि सो अनुसार गोल भने गर्न सकेन। टिमका मुख्य खेलाडी नवयुग श्रेष्ठ र जर्जप्रिन्स कार्की विना नै लिग खेलिरहेको आर्मीले पहिलो हाफमा बराबरीमा रोकिएको थियो ।

तर दोस्रो हाफको ६६औं मिनेटमा आर्मीका टंकबहादुर बस्नेतले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए। बस्नेतले सन्तोष तामाङको असिस्टमा गोल गरेका थिए।  खेलमा त्यसपछि अरु गोल भएन र आर्मीले खेल १-० ले जित्यो।

जितसँगै आर्मीले ७ खेलबाट १७ अंक बनाएको छ भने आर्मी लिगको चौथो स्थानआमा रहेको छ । त्यस्तै ब्रिगेड ब्वायजको भने ७ खेलमा ४ अंक मात्र रहेको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै