• २०८१ बैशाख ८ शनिबार

इपिएल : पोखराले ललितपुरलाई दियो १६७ रनको लक्ष्य, लेभीले बनाए ८४ रन  

kharibot

काठमाडौँ। एभेरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रीयटर्सलाई १६७ रनको लक्ष्य दिएको छ।  पोखराले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको छ। 

पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक ८४ रन बनाए। ३९ बलमा ८४ रन बनाएका लेभीले ९ छक्का र ३ चौका हानेका थिए। लेभीले पहिलो खेलमा लेभीले भैरहवाविरुद्ध पनि ७९ रन बनाएका थिए। पोखराका लागि विनोद भण्डारीले अविजित ३४ रन बनाएका थिए। बिनोदले २३ बलमा एक छक्का र ३ चौका हान्दै ३४ रन बनाएका थिए।

त्यस्तै किल कोत्जरले १९ तथा पाउल कोघलिनले १४ रन बनाएका थिए। 

ललितपुरका लागि पवन सराफले ३ विकेट लिएका थिए। पवनले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिएका थिए। 

अब ललितपुरले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ। 

प्रतियोगितामा ललितपुरले यसअघि २ खेलमा एक जित र एक हार बेहोरेको छ भने पोखराले एक खेलमा जित हासिल गरेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै