• २०८१ बैशाख ८ शनिबार

सेयरबजारमा उत्पादन र अन्यबाहेक सबै समूहको सूचक हरियो

kharibot

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्सेमा दोहोरो अंकको वृद्धि देखिएको छ । नेप्से आज १२ दशमलव ४९ अंंकले बढेर ११ सय ४४ दशमलव १९ विन्दुमा पुग्दा सेन्सिटिभ पनि दुई दशमलव आठ अंकले बढेर दुई सय ४३ दशमलव ८१ विन्दुमा पुगेको छ ।

एक सय ६३ वटा कम्पनीहरुको चार हजार पाँच सय ६६ वटा कारोबारमा १२ लाख ६४ हजार तीन सय ४० कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ४३ करोड ६७ लाख ५२ हजार आठ सय ५५ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा आठ वटा समूहको सूचक बढेपनि उत्पादनमुलक र अन्य समूहको कारोबार सूचक घटेकाछन । वाणिज्य बैंक समूहको सूचक १३ दशमलव ४३ अंकले बढेर एक हजार १५ दशमलव २६ विन्दुमा चढेको २५ करोड ५२ लाख ११ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक समूहको सूचक पनि १४ दशमलव आठ अंकले बढेर १४ सय ३७ दशमलव ७२ विन्दुमा चढेकोमा पाँच करोड २७ लाख ३९ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

जलविद्युत समूहको सूचक पनि पाँच दशमलव एक अंकले बढेर ११ सय ५८ दशमलव ७७ विन्दुमा चढेकोमा एक करोड ४० लाख ४२ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

यीबाहेक निर्जीवन बीमा, लघुवित्त, जीवन बीमा, होटल र फाईनान्स समूहको सूचकमा पनि सुधार आएको छ ।  

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको रैराङ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ ७७ पैसाले बढेर एक सय ११ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको महिला सहयात्रा बित्तीय संस्थाको सेयर मुल्य छ रुपैयाँ ६१ पैसाले घटेर चार सय ८० रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिकित्ता छ सय ४८ रुपैयाँ अन्तिम मुल्यमा पाँच करोड ४८ लाख सात हजार दुई सय एक रुपैयाँको कारोबार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै