• २०८१ बैशाख १३ बिहीबार

मछिन्द्रलाई हराउदै मनाङ्ग लिगको शिर्ष स्थानमा फर्कियो 

kharibot

काठमाडौँ। शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मनाङ्ग मर्स्याङदी क्लबले मछिन्द्र क्लबमाथि संघर्षपूर्ण जित हासिल गरेको छ। सोमबार भएको खेलमा मनाङ्गले मछिन्द्रलाई १-० गोल अन्तरले पराजित गरेको हो। 

पहिलो हाफमा बिना कुनै गोल सकिएको खेलमा मनाङ्गका लागि खेलको ८५औ मिनेटमा सब्स्टिच्युटको रुपमा मैदानमा प्रवेश गरेका अफिज ओलावालेले खेलको एक मात्र गोल गरेका थिए। 

जितसँगै मनाङ्ग लिगको शिर्ष स्थानमा फर्किएको छ। मनाङ्गले ७ खेलमा सातै खेलमा जित हासिल गर्दै २१ अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ। त्यस्तै मछिन्द्र क्लब ७ खेलमा केवल ३ अंक बटुलेर लिगको १३औ स्थानमा रहेको छ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै