• २०८१ बैशाख १३ बिहीबार

निर्मला हत्याका दोषी पत्ता लगाउन सरकार निरन्तर अनुसन्धानमा छ : प्रधानमन्त्री ओली 

kharibot

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताए । 

राष्ट्रिय मानव अधिकार आयोगले ७०औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले निर्दोष बालिकाको बलात्कारपछि हत्या हुनु अत्यन्तै दुखद रहेको उल्लेख गर्दै घटनाका दोषीलाई पहिचान गरी छिट्टै कारवाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए । 

प्रधानमन्त्रीले पन्तको परिवारजनलाई धैर्यधारण गर्न आग्रह गर्दै भने, “दोषीको पहिचान ढिलोचाँडो हुन्छ, कुनै हालतमा दोषी उम्कन सरकारले दिने छैन ।” उहाँले सरकार सधैँ मानवअधिकारको पक्षमा प्रतिबद्ध रहेको स्पष्ट पारे । 

प्रधानमन्त्री ओलीले भने, “विद्यालय जाने धेरै बालबालिका अझै पनि बाहिर रहेकाले आगामी वर्षदेखि कोही पनि बाहिर रहन नदिनका लागि सरकारले तयारी शुरु गरिसकेको छ ।” उनले विगतका वर्षहरुमा शीतलहरका कारण तराईका नागरिकले ज्यान गुमाउनु परेको हुँदा यस वर्ष चिसोबाट बचाउन शीतलहर शुरु हुनु अगावै न्यानो कपडा वितरण गर्ने तयारी रहेको जानकारी दिए । 

आयोगका अध्यक्ष अनुपराज शर्माले सबै तहका सरकार मानवअधिकार कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिँदै गम्भीर प्रकृतिका घटनाका दोषी पत्ता लगाई कारवाही गर्न छिटोभन्दा छिटो कारवाही चलाउन आग्रह गरे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै