• २०८१ बैशाख १४ शुक्रबार

मेसीलाई इटाली आउन रोनाल्डोको चुनौती !

kharibot

काठमाडौँ। क्रिस्टियानो रोनाल्डोले आफ्ना प्रतिद्वन्दी लियोनेल मेसीलाई इटालियन लिगमा आउन चुनौती दिएका छन्। रोनाल्डोले  गजेटा डेलो स्पोट्ससँग कुराकानी गर्दै मेसीलाई इटालियन लिगमा आउन चुनौती दिएका हुन्। 

रोनाल्डोले आफु पोर्चुगल, इङल्याण्ड, स्पेन र इटालीमा खेलिसकेको तर मेसी भने स्पेनमा मात्र खेलेको भन्दै एक क्लब म्यान मात्र हुनु भन्दा इटाली आउन सल्लाह दिएका हुन्। तर रोनाल्डोले यदि मेसी स्पेनमा बार्सिलोना मै खुशी छन् भने आफुले त्यसलाई सम्मान गर्ने बताएका छन्। 

विश्व फुटबलमा एक दशकसम्म राज गरेका रोनाल्डो र मेसीको प्रतिद्वन्दिता विश्व मै चर्चाको विषय हुने गर्दछ। रोनाल्डो युभेन्टस गएपछि यी दुवैको द्वन्द कम भएको छ यद्यपि दुवैको भेट च्याम्पियन्स लिगमा हुने सम्भावना भने यथावत छ। 

रोनाल्डोले आफु इटालीमा आएर खुशी रहेको भन्दै आफुले नयाँ चुनौती स्वीकार गरेको बताएका छन्। मेसी उत्कृष्ट खेलाडी र असल व्यक्ति भएको भन्दै रोनाल्डोले आफुले मेसीलाई 'मिस' नगरेको बरु मेसीले मलाई 'मिस' गरेको भए इटाली खेल्न आएर आफ्नो चुनौती स्वीकार गर्न आग्रह गरे। 

५-५ पटक बेलुन डो अर जितेका रोनाल्डो र मेसी लाई यस बर्ष जितेर क्रोसियाका लुका मोड्रीचले यस बर्षका सबै जसो पुरस्कार जितेका छन्। पछिल्लो १० बर्षमा रोनाल्डो र मेसी बाहेक अन्य कसैले बेलुन डो अर र फिफा बर्ष खेलाडी जितेको हो। 

रियल म्याड्रिडबाट यसै सिजनमा युभेन्टस पुगेका रोनाल्डोले युभेन्टसमा अहिलेसम्म खेलेका १९ खेलमा ११ गोल गरेका छन्। त्यस्तै मेसीले यस सिजनमा बार्सिलोनाका लागि १७ खेलमा १७ गोल गरेका छन्। 
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै