• २०८१ बैशाख १३ बिहीबार

मेसीले किने विलासी विमान 

kharibot

काठमाडौँ। विश्वकै धनि मध्ये एक खेलाडी लियोनेल मेसीको चर्चा सधै गोल र खेलसँग हुने गर्दछ। उनले पछिल्लो १० बर्ष विश्व फुटबलमा आफ्नो उत्कृष्ट प्रदर्शनले विश्वभर आफ्ना करोडौ फ्यान कमाएका छन्। बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्ने मेसी विश्वमा धेरै पैसा कमाउने फुटबल खेलाडी मध्ये एक हुन्।

यसै बीच मेसीले हालै आफ्ना लागि एक विलासी निजी विमान किनेका छन्। अत्याधिक सुबिधा सम्पन्न विमान अर्जेन्टिनी विमान कम्पनिले बनाएको बताइएको छ। आफ्नो परिवारलाई ध्यानमा राखेर बनाइएको सो विमानमा १६ सिट, २ बाथरुम, एक किचन र ८ बेद समेत रहेको बताइएको छ। विमानको बाहिर मेसीको जर्सी नम्बर १० ठुलो अक्षरमा देख्न सकिन्छ जसबाट मेसीको विमान ल्याण्ड गरेको या उडेको सजिलै अनुमान गर्न सकिन्छ।

मेसीले विमान कम्पनीसँग सम्झौता गरेर आफ्नो परिवारको लागि सो विमान बनाउन लगाएको बताइएको छ। विमान पूर्णरुपमा मेसीको नभएर १५ मिलियन डलरमा विमान कम्पनिसँग सम्झौता गरेर लिजमा लिइएको बताइएको छ। विमान चढ्ने भर्याङ्गमा समेत मेसीसहित उनकी श्रीमती र छोराहरुको नाम लेखिएको छ। 

मेसले यस सिजनमा बार्सिलोनाका लागि १७ खेलमा १७ गोल गरेर आफ्नो उत्कृष्ट फर्ममा रहेको संकेत गरेका छन्। साथै मेसीले यस सिजनमा १० गोल असिस्ट समेत गरेका छन्। मेसीले लगातार १३ सिजनमा १० भन्दा बढी गोल गरेर नयाँ रेकर्ड समेत बनाएका छन्। मेसीको उत्कृष्ट प्रदर्शन सँगै बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ भने ला लिगामा शिर्ष स्थानमा रहेको छ।   
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै