• २०८१ बैशाख १३ बिहीबार

इपिएल : विराटनगरका बलरको अगाडी पोखरा ब्याट्सम्यानको सरेन्डर, विराटनगरले पायो ८५ रनको लक्ष्य 

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको पहिलो खेलमा पोखरा राइनोजले विराटनगर वारियर्सलाई ८५ रनको लक्ष्य दिएको छ।  टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउदै ८४ रन बनाएको छ। 

पोखराका लागि यसअघि लगातार दुई अर्धशतक बनाएका रिचार्ड लेभी असफल भएपछि पोखराले सम्मानजनक लक्ष्य दिन असफल भएको हो। लेभी यस खेलमा केवल ३ रनमा आउट भएका थिए।

पोखराका लागि पउल कोघलिनले सर्वाधिक २० रन बनाएका थिए भने राजेश पुलामी मगरले १७ रन बनाए। पोखराका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए। पोखराका कप्तान किले कोत्जर ४, बिनोद भण्डारी १, सुशान भारी ८, बिक्रम सोब ५, शक्ति गौचनले ३ र सुबेन्दु पाण्डे शुन्य रनमा आउट भएका थिए। 

विराटनगरका लागि पउल भान मिकेरेनले ३ विकेट लिए भने भान डेर मार्वेले २ विकेट लिएका थिए। त्यस्तै बसन्त रेग्मी र समित पटेलले एक एक विकेट लिएका थिए। 
पोखराले यसअघि दुई खेलमा हार बेहोरेको छ भने विराटनगरले एक खेलमा जित हासिल गरेको छ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै