• २०८१ बैशाख १३ बिहीबार

काठमाडौँ महानगरपालिकाको प्रवक्तामा वडा अध्यक्ष डंगोल 

kharibot

काठमाडौँ। काठमाडौँ महानगरको मंसिर २४ गते बसेको कार्यपालिका  बैठकले महानगरको प्रवक्तामा  कामपा वडा नम्बर १४ का वडा अध्यक्ष इश्वरमान डंगोललाई  दिने निर्णय गरेको छ  । 

त्यस्तै महानगर उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित ५ सदस्यीय अनुगमन समितिलाई अनुमोदन गरेको छ ।  

समितिको सदस्यहरुमा :  वडा १४ की अध्यक्ष  शोभा सापकोटा , कार्यपालिका  सदस्य हिरादेवी पोख्रेल, महानगरका सहसचिव  डा. टोकराज पाण्डे र भौतिक पूर्वाधार विभागका प्रमुख नारायणबाबु भट्टराई रहेका रहेका छन । 

यसअघि महानगरमा प्रशासन विभागका प्रमुख ज्ञानेन्द्र कार्कीले प्रवक्ताको रुपमा काम गरिरहेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै