• २०८१ बैशाख ७ शुक्रबार

बलिवुड गायक मिका सिंह फेरी पक्राउ 

kharibot

मुम्बई। बलिउडका चर्चित गायक मिका सिंहलाई युएइमा प्रहरीले फेरी हिरासतमा लिएको छ । मिका सिंह एक किशोरीले यौन शोषणको आरोपमा पक्राउ परेका हुन् ।

यसअघि युएइमा गत विहिबार पक्राउ परेका मिकालाई रिहा गरेर अदालतमा पेश गरिएको थियो। तर अदालतमा बयानपछि मिकालाई फेरी हिरासतमा लिइएको बताइएको छ। भारतीय मिडियाका अनुसार मिकालाई छुटाउन युएइस्थित भारतीय राजदुताबासले पहल गरिरहेको भएपनि उनलाई पक्राउ हुनबाट बचाउन भने सकेन।  

ब्राजिलकी १७ वर्षकी एक किशोरीले उनलाई यौन शोषणको आरोप लगाएकी हुन् । ती युवतीले मिकालाई अश्लिल तस्बिरहरु पठाएको आरोप लगाएकी छिन् । मिका सिंह द मसला अवार्डमा भाग लिन दुबइ पुगेका थिए। 

मिका सिंह यसअघि पनि कैयौ विवादमा आएका छन्। सन् २०१५ मा एक डाक्टरलाई शो का क्रममा थप्पड हानेका थिए। सो प्रकरणमा अपनी मिका पक्राउ परेका थिए। त्यस्तै सन् २००६ मा राखी सावन्तलाई जन्मदिनको कार्यक्रममा किस गरेपछि विवादमा आएका थिए। त्यस्तै उनी सन् २०१४ मा हिट एण्ड रन मा पनि उनको नाम मुछिएको थियो। 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै