• २०८१ बैशाख ८ शनिबार

इपिएल : सुपर ओभरमा पोखरामाथि विराटनगरको सनसनीपूर्ण जित 

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको पहिलो खेलको नतिजा सुपर ओभरमा निर्णय भएको छ। सुपर ओभरमा विराटनगर वारियर्सले जित हासिल गरेको छ। विराटनगरले पोखरालाई सुपर ओभरमा ७ रनले पराजित गरेको छ।  

सुपर ओभरमा विराटनगर वारियर्सले एक ओभरमा २० रन बनाउदै पोखरा राइनोजलाई २१ रनको लक्ष्य दिएको थियो। सुपर ओभरमा विराटनगरका लागि करन केसीले २ छक्का हानेका थिए भने अन्य ४ बलमा करनले नै २-२ रन बनाउदै कुल २० रन बनाएका थिए । २१ रनको लक्ष्य पछाएको पोखराले एक ओभरमा १३ रन मात्र बनाए पछि खेल विराटनगरले ७ रनले जितेको हो।       

यसअघि पोखराले दिएको ८५ रन पछाएको विराटनगर १९.३ ओभरमा ८४ रनमा अलआउट भएपछि खेल सुपर ओभरमा गएको हो। विराटनगरका लागि आसिफ सेखले सर्वाधिक १९ रन बनाए भने करन केसीले १५ रन बनाए। रोबीन छेत्रीले १२, भान डेर मर्वेले ११ तथा हरि बहादुर चौहानले अविजित १२ रन बनाएका थिए। 

पोखराका बलरले उत्कृष्ट बलिङ्ग गर्दै विराटनगरलाई ८४ रनमा अल आउट गरेको थियो। पोखराका बलर विपिन कार्कीले ३ विकेट लिए भने सुशान भारी र पाउल कोघलिन र बिक्रम सोबले २-२ विकेट लिएका छन्। त्यस्तै शक्ति गौचन एक विकेट लिएका थिए। 
 
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउदै ८४ रन बनाएको थियो । पोखराका लागि यसअघि लगातार दुई अर्धशतक बनाएका रिचार्ड लेभी असफल भएपछि पोखराले सम्मानजनक लक्ष्य दिन असफल भएको थियो । लेभी यस खेलमा केवल ३ रनमा आउट भएका थिए।

पोखराका लागि पउल कोघलिनले सर्वाधिक २० रन बनाएका थिए भने राजेश पुलामी मगरले १७ रन बनाए। पोखराका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए। पोखराका कप्तान किले कोत्जर ४, बिनोद भण्डारी १, सुशान भारी ८, बिक्रम सोब ५, शक्ति गौचनले ३ र सुबेन्दु पाण्डे शुन्य रनमा आउट भएका थिए। 

विराटनगरका लागि पउल भान मिकेरेनले ३ विकेट लिए भने भान डेर मार्वेले २ विकेट लिएका थिए। त्यस्तै बसन्त रेग्मी र समित पटेलले एक एक विकेट लिएका थिए। 

यो सँगै पोखराले लगातार तीन खेलमा हार बेहोरेको छ भने विराटनगरले २ खेलमा जित हासिल गरेको छ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै