• २०८१ बैशाख ७ शुक्रबार

सलिनमान बानियाँको फिल्म यात्रा : अ म्युजिकल भ्लग’ डबिङमा

kharibot

काठमाडौँ। डेब्यु फिल्म मार्फत नै राइजिङ स्टारको ट्याग पाएका सलिनमान बानियाँ  पछिल्लो समय फिल्म यात्रा : अ म्युजिकल भ्लग’ को डबिङमा व्यस्त छन् । दोस्रो फिल्म मार्फत आफ्नो स्टारडम झनै बढाउने गरि काम गरिरहेका सलिनको डबिङसँगै काम अन्तिम चरणमा पुगेको छ । 

चकलेटी फेस अनि कोरियन लुक्स भएका कारण उनका फ्यान स्वदेशसँगै विदेशमा पनि उतिकै छन् । उनि प्राय पब्लिक हुदैनन् , यसैले गर्दा पनि उनको गतिविधिमा फ्यानसँगै मिडियाकर्मीको पनि चासो हुने गर्छ । सलिन फिल्ममा भ्ल्गरको भूमिकामा छन् । 

फिल्ममा सलिनले गरेको डान्स र फाइटको चर्चा यतिबेला टिममा छ । ‘सलिन निकै मेहेनती छन् , उनले आफुलाई बेस्ट देखाउन मेहनत गरेका छन्’ निर्देशक सम्राट शाक्यले बताए । उनको यात्रा डेब्यु फिल्म हो । ‘हामीले फिल्ममा जर्नीको क्रममा आउने घटनाक्रमलाई देखाउने कोसिस गरेका छौ’ उनि भन्छन ‘सलिनको फ्यानले चाहे अनुरुप नै प्रस्तुत गरेका छौ ।’ फिल्मको डबिङ गरिरहेका सलिन पनि खुसि छन् । ’हामीले सोचेकै दृश्यलाई पर्दामा देखिरहेको छु’ उनले भने ’फिल्मको लागि टिमले निकै मेहनत गरेका छौ ।’ उनले डबिङकै क्रममा फिल्म पनि हेरिरहेका छन् । ’रमाइलो भईरहेको छ’ सलिन भन्छन ’दोस्रो फिल्ममा आइपुग्दा आफुलाई झनै परिपक्क बनाउदैछु ।’ 

सलिन पनि फिल्मबाट निकै आश्वादी छन् । उनले यात्रापछी अन्य फिल्म गर्ने सहमति दिईसकेका छैनन् । उनि आफुलाई सुहाउदो रोल अफर आओस भन्ने चाहन्छन । फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । 

यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै छन्। भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्म कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भईरहेको छ । केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् । 

फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ ।

फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ भने फिल्म नयाँ वर्षको अवसर पारेर चैत्र २९ मा रिलिज हुनेछ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै