• २०८१ बैशाख ६ बिहीबार

इपिएल : भैरहवाद्वारा चितवनलाई १४४ को लक्ष्य, सागर ढकालले लिए ३ विकेट 

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स चितवन टाइगर्सलाई १४४ रनको लक्ष्य दिएको छ।

आफ्नो पहिलो खेलमा पोखराविरुद्ध २१६ रन चेज गरेको भैरहवालाई अनुशासित बलिङ्ग गर्दै चितवनले १४३ रनमा रोक्न सफल भएको छ। भैरहवा १९.३ ओभरमा १४३ रन बनाउदै अल आउट भएको छ। 

चितवनका बलर सागर ढकालले ३ विकेट लिएका थिए । सागरले ४ ओभर बलिङ्ग गर्दै २७ रन दिएर ३ विकेट लिएका हुन्। त्यस्तै चितवनका लागि जर्ज स्कटले २ तथा ललित भण्डारी, दिपेन्द्रसिंह ऐरी र पउल स्टिरलिङ्गले एक एक विकेट लिएका थिए। 

भैरहवाका लागि रायन टेन डोएसचटले सर्वाधिक ३५ रन बनाए भने प्रदीप सिंह ऐरीले २६, पहिलो खेलमा शानदार शतक हानेका रवि इन्दर सिंहले २५, आरिफ सेखले १८ र पुनित महराले १२ रन बनाएका थिए।    

भैरहवाले प्रतियोगितामा २ खेलमा जित हासिल गरेको छ भने चितवनले यस अघि खेलेका दुवै खेलमा हार बेहोरेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै