• २०८१ बैशाख १४ शुक्रबार

रातो सूचकपछि सेयरबजारमा कमाउनेभन्दा गुमाउने धेरै

kharibot

काठमाडौं । अघिल्लो दिन उच्च विन्दुले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार फेरी पुरानै लयमा फर्किएको छ ।

नेप्से आज तीन दशमलव आठ अंकले घटेर ११ सय ४१ दशमलव १० विन्दुमा झर्दा सेन्सिटिभ शुन्य दशमलव ७६ अंकले घटेर दुई सय ४३ दशमलव छ विन्दुमा झरेको छ । एक सय ६४ कम्पनीहरुको तीन हजार पाँच सय ६५ वटा कारोबारमा १२ लाख ८६ हजार पाँच सय ७५ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३८ करोड ३२ लाख ९३ हजार एक सय २० रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा फाइनान्स, उत्पादनमुलक र अन्य समूहको कारोबार सूचक क्रमश शुन्य दशमलव १७, १३ दशमलव ८१ र शुन्य दमसलव ६२ अंकले बढेकाछन भने बाँकी समूहको सूचक उच्च अंकले घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समूहको सूचक दुई दशमलव ६८ अंकले घटेर एक हजार १२ दशमलव ५८ विन्दुमा झर्दा २८ करोड ५४ लाख ४३ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैक समूहको सूचक पनि एक दशमलव ९३ अंकले घटेर १४ सय ३५ दशमलव ७९ विन्दुमा झर्दा तीन करोड १६ लाख नौ हजार दुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी निर्जिवन बीमा समूहको सूचक पनि आज २८ दशमलव नौ अंकले घटेर पाँच हजार ३१ दशमलव ७१ विन्दुमा झर्दा तीन करोड ३० लाख ७२ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । जलबिद्युत, लघुबित्त, जीवन बीमा र होटल समूहको सूचकमा पनि आज गिरावट आएको छ । 

आज बढी कमाउने कम्पनीको सुचीमा अग्रस्थानमा परेको गुह्ेश्वरी मर्चेन्ट बैैकिङ एण्ड फाइनान्स कम्पनीको प्रतिकित्ता सेयर मुल्य आठ रुपैयाँ ४७ पैसाले बढेर एक सय २८ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको मञ्जुश्री फाइनान्सको प्रतिकित्ता सेयर मुल्य सात रुपैयाँ २५ पेसाले घटेर एक सय १५ रुपैयाँमा कारोबार भएको छ । रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्र्रतिकित्ता दुई सय ९५ रुपैयाँ अन्तिम मुल्यमा १३ करोड ४८ लाख ६१ हजार नौ सय २५ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै