• २०८१ बैशाख ८ शनिबार

हुलास स्टिल वरिपरि सँधै भुईचालो, उद्योग वरिपरीका संरचनाहरु चर्किए

kharibot

बारा। बहुप्रतिष्ठत उद्योगहरु मध्ये बिरगंज पथलैया औद्योगिक करिडोर अन्तरर्गत पर्ने बस्तिको बिचमा रहेको सिमरा स्थित हुलास स्टिलबाट बातावरण प्रदूषणसँगै वरपरको स्थानीयहरु अहिले त्रशित बन्नुका साथै खेतीयोग्य जमिनमा उब्जनी घट्न थालेको छ ।

उद्योग चल्ने समयमा कम्पनबाट उद्योग वरिपरी संरचनाहरु चर्किएको अवस्थामा छ । भने हुलास स्टिलबाट निस्कने रसायनयुक्त पानीले स्थानीय कुलोमा मिसाईए पछि खेती उब्जनि घट्न थालेको हो । 

झण्डै १४ प्रकारको जस्ता , पाईप , सकेट लगायतका उत्पादन गर्ने हुलास स्टिलले भारतबाट ल्याईएका पाता बनाउँन प्रयोग गरिने कच्चा पदार्थको रशायनले खेतमा असर गर्ने गरेको पिड्ति कृषकहरु बताउँ छन् ।

त्यति मात्र काहाँ हुँनु सो उद्योगले बिषाद्यी युक्त पानी स्थानीय कुलोहरुमा बिसर्जन गर्छ , सो कुलोहरुमा स्थानीयहरुको गाई बस्तुहरुले पानी खाने र गाई बस्तुहरु बिरामी पर्ने गरेको स्थानीय लिलादेबी सुवेदीले बताईन् । 

करिडोरमा स्थापित करिव तीन सय वटा उद्योगहरु मध्ये हलास स्टिल प्रा.लि ठूला उद्योग मध्ये मानिन्छ । पटक–पटकको स्थानीयसँगको बिवाद पछि उद्योगको प्रदुषित रशायन युक्त पानी उद्योग भित्रै फिल्टर गरे पछि मात्रै ढल , कुलो र नालामा मिसाउँने उद्योग प्रशासन र स्थानीय बिच पटक–पटक सम्झौता भए पनि उद्योगले उटेर गरी उक्त फिल्टर प्लान्ट हाल सम्म लगाएको छैन ।

त्यसो त, उद्योगको रशायन उक्त पानीले असर गरे पछि केहि स्थानीयले भने उद्यागसँग मुआब्जा समेत लिसकेका छन् । तीन करोड भन्दा बढी मूल्य रहँने प्रदुषण युक्त पानी रिफाईन गर्ने मिशिन हुलासले नलगाएको हो । 

माशिक १२ औं हजार टन भन्दा बढी जस्ता र रंङ्गिन कर्कट साथै ग्यालबनाइज पाइप तीस हजार टन उत्पादन गर्दा प्रयोग हुँने रंङ्ग नैं बिषाक्त र रसायनयुक्त हुने उद्योगको उत्पादन क्षेत्रका एक कामदारले नाम नबताउने सर्तमा बताए ।

रसान युक्त पानी उद्योगले यत्र–तत्र फालि दिएकै कारण सिमरा वरपरका टिउबवेल (चापा कल) मा बिगत एक वर्ष यता पानी आउन छाडेको छ । नेपालको कर्कट र पाईपमा एक छत्र बजार ओगटेको हुलास स्टिलले अन्य क्षेत्रमा राज्यको आँखा नछले पनि उर्वर भूमि मानिने मध्य तराई मधेशको बारामा पर्ने झण्डै तीन सय हेक्टर जमिन प्रभावित पारेको छ । 

उद्योग भई जाने नाला वरपर किशानले लगाएका उन्नत जातका घाँसहरु पशुहरुले खाने गर्दा नाला कै पानी पशुले पिउँने गरेको कारण कयौं पशुहरु बिरामी समेत हुँने गरेको स्थानीय पशु पालक कृषक लिलादेवी सुवेदीले बताईन् ।

पशुहरु बिरामी हुँन थाले पछि हामीहरुले डाक्टर बोलाएर औषधी उपचार गराएर निको पार्ने र फेरी त्यही पानी खाएर पशुहरु पुन: बिरामी हुने गरेकोले आफूहरुको मुख्य पेशा नैं धरापमा पर्न थालेको उनले गुनाँसो गरिन् । 

हुलास स्टिलले बिसर्जन गर्ने धुँवा, हावा, पानी, ध्वनी, कम्पन, खरानीको उचित व्यवस्थापन नभएका कारणले ती प्रदूषित बिकारहरुले गर्दा मानव शरीरमा बिभिन्न किसिमका रोगले ग्रसित भएको स्थानीय मोहन बाहदुर कार्कीले बताए ।

मोहनसँगै उनका छिमेकीहरु पनि त्यतिकै पिडित छन् । घरमा बुढि आमा र बा छन्, भुईचालो जस्तै कम्पन हुन्छ , स्थानीय मीरा राई भन्छिन् –“दिन भर काममा व्यस्ता भए पछि थाहा हुँदैन, राती सुत्ने समयमा सो उद्योगबाट कम्पन भए पछि सुत्न गारहो हुन्छ ।”

सबैभन्दा त घातक तेजाब हो , उनी ठप्छिन –“एसिड अर्थात तेजाबलाई उद्योगले उमाल्न थाले पछि त्यसको भाफले गर्दा वरिपरिका बासिन्दाहरु साँस लिनै गारहो हुँन्छ ।” आँफूहरुले पटक–पटक प्रदुषण नियन्त्रण गर्न अनुरोध गर्दा समेत कुँनै प्रकारको प्रभाव परेन , अब उद्योग बिरुद्ध आन्दोलन गर्छौं । मीराले भनिन् । 

उद्योगको कम्पन तथा विषाद्यीयुक्त वायूका कारण नवजात शिशु र वृद्धवृद्धालाई बढि असर पर्ने गरेको छ । सोको प्रभाव नियन्त्रण तथा औषधोपचारको कमीले स्थानीय बासिन्दाहरुको ज्यान जोखिममा परेको स्थानीयहरुले बताए छन् । 

ती प्रदूषित तथा विषादयुक्त पानीको अन्तिम निकास सिर्सिया नदी हो र सो प्रदूषित पानीको प्रभावले गर्दा नदीमा माछा एवंम् अन्य जलचरहरु सखाप हुँदैछन् । 

मुहानदेखि ४ किलो मिटर दक्षिण तर्फ पर्ने जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ स्थित जीतपुर नजिकको श्रीसिया नदीमा प्रदूषित पानीको बहाव हुँदै  आएको छ । बिरगंज र रक्सौलका स्थानीय बासिन्दा सो नदीको पानी बारे प्रत्यक्ष जानकार छन् । 

सिर्सिया नदीको प्रदूषित पानी भारतको बिहारमा जाँदा त्याहाँका किसानहरु पनि पीड्ति भएका छन् । औद्योगिक प्रदूषणलाई समुचित व्यवस्थापन गर्न नसके दुई देश बिचको सम्बन्ध समेत बिवाद पर्न समेत देखिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै