• २०८१ बैशाख ७ शुक्रबार

ललितपुरबाट खेल्ने भारतीय खेलाडी तोमारलाई इपिएलमा बलिङ्ग गर्न प्रतिबन्ध 

kharibot

काठमाडौँ। जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) मा खराब बलिङ्ग एक्सनका कारण ललितपुर प्याट्रीयटर्सबाट खेल्ने भारतीय खेलाडी गौरव तोमारलाई यस सिजनका बाँकी खेलमा बलिङ्ग गर्न प्रतिबन्ध लगाइएको छ।

तोमारले यसै सिजन खेलेका खेलमा दुई पटक फिल्ड एम्पायरले गैरकानुनी बलिङ्ग गरेको आशंका गरेपछि भिडियो विश्लेषण पछि प्रतियोगिताको टेक्निकल कमिटिले तोमारलाई प्रतिबन्ध लगाएको हो। टेक्निकल कमिटिको विश्लेषण पछि तोमारको बलिङ्ग एक्सन गलत भएको पाएपछि कारवाही गरेको इपिएल आयोजकले जानकारी दिएका छन्। इपिएल आयोजकको एक्सनपछि अब तोमारले यस प्रतियोगितामा बलिङ्ग गर्न नपाउने भएका छन्। 

त्यस्तै मंगलबार भएको खेलमा पोखरा राइनोजबाट खेल्ने भारतीय खेलाडी सुबेन्धु पाण्डेले एम्पायरको निर्णयविरुद्ध असन्तुष्टि जनाउदै नराम्रो व्यवहार गरेपछि उनलाई एक डिमेरिट अंक सहित खेल फिसको १० प्रतिशत रकम जरिवाना गरिएको छ। पाण्डेले आफ्नो सो आरोप स्वीकार गरेकाले सो जरिवाना र डिमेरिट अंक दिइएको आयोजकले जनाएका छन्।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै