• २०८१ बैशाख १३ बिहीबार

बार्सिलोनालाई बराबरीमा रोक्दै टोटनह्याम च्याम्पियन्स लिगको अन्तिम १६ मा 

kharibot

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत टोटनह्यामले बार्सिलोनासँग बराबरी खेल्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ। गएराती बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टोटनह्याम र बार्सिलोना १-१ को बराबरी खेलेका थिए।

बार्सिलोनाका लागि ओसमन डेम्बेलेले गोल गरेका थिए भने टोटनह्यामका लागि लुकास मौराले गोल गरेका थिए। डेम्बेलेले खेलको ७औ मिनेटमा गोल गरेका थिए भने मौराले खेलको ८५औ मिनेटमा गोल गर्दै खेल बराबरी मात्र गरेनन् टोटनह्यामलाई अन्तिम १६ मा सम्म पुर्याएका थिए। 

समुह बि बाट ६ खेलमा १४ अंक बटुल्दै बार्सिलोना शिर्ष स्थानमा रहदै अन्तिम १६ मा पुगेको छ भने दोस्रो स्थानमा रहेका टोटनह्याम र इन्टर मिलानको ८-८ अंक रहेअनि हेड टु हेड अवे गोलको आधारमा टोटनह्याम अन्तिम १६ मा पुगेको हो। यस समुहमा गएराती नै इन्टर मिलान र पिएसभीबीचको खेल पनि एक एक गोलको बराबरीमा सकिएपछि इन्टरमिलन च्याम्पियन्स लिगबाट बाहिरिएको थियो।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै