• २०८१ बैशाख ८ शनिबार

सहस्राब्दी विकास लक्ष्यमुनि रहेर नेपाल बालशिशु मृत्युदर घटाउन सफल भएको छ

kharibot

काठमाडौं । पार्टनर्स फोरम महिला, बालबालिका र किशोरीहरुको सुस्वास्थ्यप्रतिको प्रतिबद्धताको मिसन हो । यो स्वस्थ र समुन्नत समाज पाउने मिसन पनि हो । मातृ, शिशु र बालबालिकाको स्वास्थ्यावस्थाले नै देशको स्वास्थ्यप्रणाली कस्तो छ भन्ने थाहा हुन्छ ।

नेपालले बालबालिका र मातृस्वास्थ्यमा महत्वपूर्ण प्रगति गरेको छ । सहस्राब्दी विकास लक्ष्यमुनि रहेर नेपालले बाल मृत्युदर घटाउन सफल भएको छ । झण्डै झण्डै लक्ष्यअनुसार नै यसमा प्रगति भएको छ । सोही लक्ष्यप्राप्तिमा बाँकी काम पूरा गर्न प्रयत्नरत छौँ ।

अब दिगो विकास लक्ष्यको फ्रेमवर्कमा रहेर मातृ, शिशु र बालबालिकाको मृत्युदर घटाउन हामी लागि परेका छौँ । मातृ र शिशुसँग सम्बन्धित दिगो विकास लक्ष्य प्राप्ति गर्न हामीसामु धेरै चुनौती छन् । यस किसिमको साझेदारहरुको फोरमले एकआपसमा अनुभव साटासाट गर्नुका साथै अन्तर्राष्ट्रिय सरसहयोग पनि आदान प्र दान हुने अवसर हामीले पाएको रुपमा यसलाई लिएका छौँ ।

नेपालको संविधानले नै स्वास्थ्यलाई मौलिक हकमा राखेको छ । सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यलाई आधारभूत स्वास्थ्यका रुपमा समावेश गर्दै हामीले यसमा निःशुल्क स्वास्थ्यसेवा दिएका छौँ । 

सबैका लागि स्वास्थ्य भन्ने त हाम्रो नीति नै छ । सोही कारण जनस्वास्थ्य सेवा ऐनमुनि रहेर धेरै क्षेत्रमा बोर्ड गठन गरेका छौँ । सहस्राब्दी विकास लक्ष्यबाट दिगो विकास लक्ष्यसम्म शिफ्ट हुँदा यसले बहुक्षेत्रीय नीतिनिर्माणको अवसर प्रदान गरेको छ । यस्तो नीतिका लागि हाम्रो सोच रचनात्मक, साझेदारितायुक्त भई परिवर्तन हुन आवश्यक छ । नागरिक समाज, निजी क्षेत्र र अनुसन्धातृबीच नै यस्तो परिवर्तनको खाँचो छ । 

मातृ, शिशु र बालस्वास्थ्यलाई बेवास्ता गर्नुहुँदैन । महिला र बालिकाको पूर्ण सशक्तीकरण गर्न र समावेशिताको सबै पक्ष र दिगो विकास लक्ष्यहरु चाहिन्छ । नेपालमा बढ्दो महिला साक्षरता दर, समुदायलक्षित कार्यक्रमको माध्यमबाट सशक्तीकरण र सांस्कृतिक परिवर्तनले महिलाको स्वास्थ्यपहुँच वृद्धि गरेको छ । यसले दिगो विकास लक्ष्य प्राप्तिमा योगदान दिइरहेको छ । 

नेपाल सरकार युनिभर्सल हेल्थ कभरेज प्राप्तिका लागि प्रतिबद्ध छ । सुरक्षित जन्मको लागि आमा स्वास्थ्य कार्यक्रम, सामाजिक स्वास्थ्य बीमा कार्यक्रम र निःशुल्क स्वास्थ्योपचार कार्यक्रम यसका उदाहरणहरु हुन् जसले महिला र बालस्वास्थ्यको बाधक बनेको आर्थिक समस्यालाई समेत सम्बोधन गर्छ ।

  • (स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भारतको राजधानी नयाँ दिल्लीमा आजबाट सुरु भएको पार्टनर्स फोरमलाई गरेको सम्बोधनको सारांश)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै