• २०८१ बैशाख १३ बिहीबार

च्याम्पियन्स लिगमा घरेलु मैदानमा रियल म्याड्रिडको अहिलेसम्म कै ठुलो हार 

kharibot

काठमाडौँ। च्याम्पियन्स लिग अन्तर्गत समुह जी बाट रियल म्याड्रिड र एएस रोमा अन्तिम १६ मा पुगेका छन्। दुवैले समुह चरणका अन्तिम खेलमा हार बेहोरेपनि उनीहरु अन्तिम १६ मा पुगेका हुन्। 

गएराती भएको समुह चरणका अन्तिम खेलमा सीएसकेए मस्कोले रियल म्याड्रिडलाई ३-० गोल अन्तरले पराजित गरेको छ। रियलको घरेलु मैदानमा भएको खेलमा मस्कोका लागि फेडोर चालोभ, जिओर्जि सेनिकोभ, अर्नोर सिगुर्सनले एक एक गोल गरेका थिए।

च्याम्पियन्स लिगमा आफ्नो घरेलु मैदानमा रियल म्याड्रिडको यो अहिलेसम्मकै ठुलो हार हो।  यस अघि घरेलु मैदानमा रियल सन् २००९ मा रोमासँग ३-२ गोल अन्तरले पराजित भएको थियो। हारले कुनै असर नगरेपनि च्याम्पियन्स लिगमा डिफेन्डिङ च्याम्पियन रियलको मनोविज्ञानमा भने यसले ठुलो असर गर्ने छ। 

त्यस्तै यसै समुहको दोस्रो स्थानमा रहेको रोमा छेक क्लब भिकोरिया प्लेजनसँग २-१ गोल अन्तरले पराजित भएको छ। पराजित भएपनि रोमा समुहमा दोस्रो हुदै अन्तिम १६ मा पुगेको छ।        


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै