• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिगमा प्रि-क्वाटरफाइनलको समीकरण पुरा , को को पुगे ?

kharibot

काठमाडौँ। च्याम्पियन्स लिगको अन्तिम १६ क्लबको टुंगो लागेको छ। गएराती समुह चरणका अन्तिम खेलहरु सकिएसँगै प्रि-क्वाटरफाइनलमा पुग्ने १६ क्लबको टुंगो लागेको हो। समुह चरणक खेलमा धेरै उलटफेर नभएपनि इटालियन क्लब इन्टरमिलान, नपाली,  फ्रेन्च क्लब मोनाको जस्ता क्लब समुह चरणबाटै बाहिरिएका छन्। 

च्याम्पियन्स लिगको समुह चरणमा बोरुसिया ड्रोटमण्ड, बार्सिलोना, रियल म्याड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, पिएसजी,पोर्टो र युभेन्टस समुहमा प्रथम हुदै अन्तिम १६ मा पुगेका छन् भने म्यानचेस्टर युनाइटेड, एएस रोमा, ओलम्पिक लियोन, एजाक्स, शाल्के, लिभरपुल, टोटनह्याम र एथलेटिको म्याड्रिड समुहमा दोस्रो हुदै अन्तिम १६ मा पुगेका छन्। 

समुह चरणमा बार्सिलोना, पोर्टो र बायर्न म्युनिख अपराजित हुदै दोस्रो चरणमा पुगेका छन्। डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले समुह चरणमा २ खेलमा हार बेहोरेको छ भने गत बर्षको फाइनालिष्ट लिभरपुल समुह चरणमा ३ खेलमा पराजित भएको थियो। 

अब समुह चरणको ड्र यहि डिसेम्बर १७ मा हुदै छ। अन्तिम १६ का पहिलो लिगका खेलहरु फेब्रुअरी १२-१३ र १९-२० मा हुने छन्।त्यस्तै दोस्रो लिग मार्च ५-६ र १२-१३ मा हुने छन्।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै