• २०८१ बैशाख १४ शुक्रबार

अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टबाट भारतका आश्विन र रोहित बाहिरिए  

kharibot

काठमाडौँ। अस्ट्रेलिया भ्रमणमा रहेको भारतीय क्रिकेट टिमबाट दोस्रो टेस्टका लागि प्रमुख खेलाडी रोहित शर्मा र आर आश्विन बाहिरिएका छन्। रोहित र आश्विन इन्जुरिका कारण टिमबाट बाहिरिएको बताइएको छ।

युवा खेलाडी पृथ्वी शा घाइते भएर खेल्न नसकेको अवस्थामा भारतलाई यी दुई खेलाडीको इन्जुरीले ठुलो झड्का लागेको छ। पहिलो टेस्टमा ३१ रनको जित हासिल गरेको भारत ४ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ। पहिलो टेस्टमा रोहितले दुई इनिंगमा ३८ रन बनाएका थिए भने आश्विनले दुवै इनिंगमा कुल ६ विकेट र ३० रन समेत बनाएका थिए। 

शुक्रबार अस्ट्रेलियाको पर्थमा शुरु हुने खेलका लागि १३ सदस्यीय टिमको घोषणा गरिएको छ। जसमा रविन्द्र जडेजा, उमेश यादव र भुवनेश्वर कुमारले ठाउ बनाएका छन् भने अर्का युवा खेलाडी हनुमान बिहारीलाई पनि १३ खेलाडीको सुचिमा राखिएको छ ।

दोस्रो टेस्टका लागि भारतीय टिममा कप्तान विराट कोहली, अजिख्य रहाने, रविन्द्र जडेजा, इशान्त शर्मा, केल राहुल, मुरली विजय, चैतेश्वर पुजारा, रिषव पन्त, हनुमान बिहारी, उमेश यादव, भुवनेश्वर कुमार, मोहमद सामी र जसप्रित बुमराह रहेका छन्।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै