• २०८१ बैशाख ४ मंगलबार

अन्तिम कारोबार दिन उक्लियो सेयरबजार

kharibot

काठमाडौं । सेयर बजारमा आज पनि सुधार आएको छ ।

साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से सूचक सात दशमलव छ अंकले बढेर ११ सय ४८ दशमलव ७८ विन्दुुमा चढ्दा सेन्सिटिभ एक दशमलव ६४ अंकले बढेर दुुई सय ४४ दशमलव ७० विन्दुुमा चढेको छ ।

एक सय ५४ कम्पनीहरुको तीन हजार दुुई सय ६६ वटा कारोबारमा नौ लाख ९७ हजार छ सय ७२ कित्ता सेयर  खरिद बिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ३२ करोड ३७ लाख ५८ हजार ७४ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १० वटा समूहको कारोबार भएकोमा सात वटा समूहले कमाएका छन् भने होटल, फाईनान्स र अन्य समूहले गुुमाएका छन् । आज बाँणिज्य बैंक समूहको सूचक आठ दशमलव ५५ अंकले बढेर एक हजार १९ दशमलव ७९ विन्दुुमा चढ्दा १४ करोड १४ लाख ६९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

विकास बैंक समूहको सूचक पनि आठ दशमलव ८७ अंकले बढेर १भ्४ सय ४२ दशमलव आठ विन्दुुमा चढ्दा पाँच करोड २० लाख पाँच हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी निर्जिवन बीमा, लघुबित्त, जीवन बीमा, जलबिद्युुत र उत्पादनमुुलक समूहको सूचकमा पनि सुधार आएको छ । 

आज बढी कमाउने कम्पनीको सुुचीमा परेको नागवेली लघुुवित्त वित्तीय संस्थाको सेयर मुुल्य पाँच रुपैयाँ २५ पैसाले बढेर सात सय २२ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको सूर्योदय लघुवित्त वित्तीय संंस्थाको सेयर मूल्य तीन रुपैयाँ ५७ पैसाले घटेर नौ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेपाल इन्स्योरेन्स कम्पनीको  प्रतिकित्ता पाँच सय तीन रुपैयाँ अन्तिम मुल्यमा पाच करोड २५ लाख ३४ हजार तीन सय रुपैयाँको सेयर कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै