• २०८१ बैशाख १३ बिहीबार

अनमोलको फिल्म क्याप्टेनको पहिलो गीत सार्वजनिक 

kharibot

काठमाडौँ।  सुपरस्टार अनमोल केसी अभिनीत छैठौ फिल्म ‘क्याप्टेन’ को पहिलो गीत रहर छ सँगै  सार्वजनिक भएको छ। आज सार्वजनिक भएको सो गीतमा अनमोलसँग नयाँ अभिनेत्री उपासना सिंह ठकुरी  फ़िचरिङ्ग गरिएको छ। 

गीतलाई अन्जु पन्त र सुगम पोखरेलले गाएका छन् भने गीतलाई अर्जुन पोखरेलले संगीत दिएका छन्। दिग्गज धौरालीको शब्द रहेको यस गीतको कोरियोग्राफी कविराज गहत राजले गरेका छन्। 

गत बर्ष रिलिज गरिएको कृ पछि रिलिज हुन् लागेको अनमोलयो फिल्म छैठौ फिल्म हो। यो फिल्ममा अनमोल पहिलो पटक फुटबल खेलाडीको भूमिकामा देखिँदैछन् । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा फिल्म 'क्याप्टेन' ले बोल्नेछ । दीवाकर भट्टराई निर्देशित फिल्मको निर्माण भुवन केसीले गरेका छन् । यसअघि कात्तिक १६ रिलिज गर्ने चर्चा चलेपनि अब फिल्म फागुन २१ गते रिलिज हुने भएको छ। 

यस फिल्ममा अभिनेता अनमोलले दुई नव-अभिनेत्रीसँग स्क्रिन साझेदारी गरेका छन् । उनको अपोजिटमा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै