• २०८१ बैशाख ८ शनिबार

इपिएल : जित्नै पर्ने खेलमा चितवनले विराटनगरलाई दियो १९७ रनको लक्ष्य, सिम्सनले बनाए ७८ रन   

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज जारी  चितवन टाइगर्सले विराटनगर वारियर्सलाई १९७ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउदै १९६ रन बनाएको हो। 

चितवनका लागि जोन सिम्सनले सर्वाधिक ७८ रन बनाएका छन्। सिम्सनले ४४ बलमा ५ छक्का र ६ चौका हान्दै ७८ रन बनाएका थिए। त्यस्तै चितवनका दिपेन्द्र सिंह ऐरीले ३२ रन, सोनु सुनवार २२ बलमा ३० रन बनाए भने पउल स्टिरलिङ्गले १५ रनको योगदान दिएका छन्। त्यस्तै जर्ज स्कटले १० बलमा २४ रन बनाएका छन्। 

विराटनगरका बलर करन केसी, रुबीन क्षेत्री र कप्तान पारस खड्का महँगो साबित भएका छन्। कप्तान पारसले ३ ओभरमा ३४ रन दिएर एक विकेट लिए। त्यस्तै करन केसीले ४ ओभरमा ४५ रन दिएर एक विकेट लिए। त्यस्तै बसन्त रेग्मी र भान मीकेरेनले एक एक विकेट लिएका छन्। 

दुवै टिमका लागि यो खेल जित्नै पर्ने देखिएको छ। विराटनगरले यो खेल जितेमा प्लेअफमा पुग्ने छ भने चितवनले जितेमा प्लेअफमा पुग्ने सम्भावना कायमै रहने छ। प्रतियोगितामा चितवन अहिलेसम्मका तिनै खेलमा हार बेहोरेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै