• २०८१ बैशाख १२ बुधबार

एकताको ढोका खुल्ला राख्दै पार्टी काम अघि बढ्छ : कमल थापा 

kharibot

सुर्खेत । राप्रपा अध्यक्ष कमल थापाले पार्टी एकताको ढोका सदैब खुल्ला रहेको भन्दै तर पार्टी संगठनको काम पनि निरन्तर जारी रहने बताएका छन् ।

आज सुर्खेतको बिरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले धर्म, सस्कृती र पहिचान रक्षाको खतिर अब सबै नेपाली एकै पटक जुरुक्क उठ्नु पर्ने समय आएको बताए । नेपालको राष्ट्रिय राजनीतिमा राप्रपालाई बलियो र शसक्त पार्टी निर्माण गर्ने दृढ़ संकल्पका साथ उच्च मनोबल बोकेर सबा नेता कार्यकर्तालाई संगठन निर्माणमा केन्द्रित हुने स्पष्ट पारे ।

थापाले सरकारको आलोचना गर्दै जनभावना अनुरुप सरकार अगाडि बढ्न नसकेको बताए । सुन तस्करि र निर्मला पन्त हत्याको बिषयमा सरकारले कुनै प्रभाबकारी काम गर्न नसकेको उनको आरोप थियो । सरकार निष्प्रभाबी देखियको थापाको ठहर छ । हिन्दु राष्ट्रको पहिचान जोगाउन अब आन्दोलनको आधिबेहरी श्रृजना गर्ने क्रममा मेची महाकाली अभियानमा राप्रपा होमिएको थापाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा पार्टी नेताहरु भुबन पाठक,सुशील श्रेष्ठ ,तोरण गुरुङ  राजाराम बर्तौला लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै