• २०८१ बैशाख ८ शनिबार

इपिएल : विराटनगरमाथि चितवनको सनसनीपूर्ण जित, ललित भण्डारीले लिए ४ विकेट 

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन टाइगर्सले विराटनगर वारियर्सलाई पराजित गरेको छ। चितवनले दिएको १९७ रन पछाएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन मात्र बनाएपछि चितवनले ५ रनले खेल जितेको हो। 

विराटनगरका लागि बबर ह्यातले ९० रनको इनिंग खेलेका थिए। बबरले ४२ बलमा ८ छक्का र ५ चौकाको मद्धतले ९० रन बनाएका थिए। त्यस्तै विराटनगरका लागि आसिफ सेखले ३० रङ बनाए भने कप्तान पारस खड्काले १९ र अनिल शाहले १२ रन बनाएका थिए। विराटनगरका भान डेर मार्वे र हरि बहादुर चौहान शुन्यमा आउट भए भने सुमित महर्जनले ७ रन बनाएका थिए। त्यस्तै करन केसीले १८ बलमा अविजित २४ रन बनाएपनि विराटनगरलाई जिताउन भने सकेनन् ।     

चितवनका बलर ललित भण्डारीले ४ विकेट लिए। ललित भण्डारीले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिएका थिए। त्यस्तै सागर ढकालले ३ विकेट लिएका थिए। सागर ढकालले ४ ओभरमा एक मेडन ओभरसहित २४ रन दिएर ३ विकेट लिएका थिए। 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउदै १९६ रन बनाएको थियो। चितवनका लागि जोन सिम्सनले सर्वाधिक ७८ रन बनाएका छन्। सिम्सनले ४४ बलमा ५ छक्का र ६ चौका हान्दै ७८ रन बनाएका थिए। 

त्यस्तै चितवनका दिपेन्द्र सिंह ऐरीले ३२ रन, सोनु सुनवार २२ बलमा ३० रन बनाए भने पउल स्टिरलिङ्गले १५ रनको योगदान दिएका छन्। त्यस्तै जर्ज स्कटले १० बलमा २४ रन बनाएका छन्। 

विराटनगरका बलर करन केसी, रुबीन क्षेत्री र कप्तान पारस खड्का महँगो साबित भएका छन्। कप्तान पारसले ३ ओभरमा ३४ रन दिएर एक विकेट लिए। त्यस्तै करन केसीले ४ ओभरमा ४५ रन दिएर एक विकेट लिए। त्यस्तै बसन्त रेग्मी र भान मीकेरेनले एक एक विकेट लिएका छन्। 

प्रतियोगितामा रहिरहन जित्नै पर्ने खेलमा चितवनले पहिलो जित हासिल गर्दैप्ले अफको सम्भावनालाई जिवितै राखेको छ भने विराटनगरको पनि प्लेअफ़मा पुग्ने सम्भावना भने बाँकी नै छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै