• २०८१ बैशाख १२ बुधबार

साताको सेयर कारोवार : एक अर्ब ६३ करोड ३३ लाखको सेयर किनबेच 

kharibot

काठमाडौ। यो साता सेयर बजार औषतमा सुखद देखिएको छ । नेपाल स्टक एक्सचेन्जको नियमित कारोवार कक्ष यो साता पाँच दिन नै खुल्ला रहेको थियो । जस मध्ये पहिलो, दोस्रो, चौथो र पाँचौं दिन सेयर बजार बढेको थियो भने तेस्रो दिन सेयर बजार घटेको थियो । बिगतको साताहरुमा लगातार सेयर बजार घट्दै आएकोमा यो साता एक दिन मात्र बजार ओरालो लागेका कारण पनि लगानीकर्ताहरुको लागि यो साता सुखद देखिएको हो । 

यो साता नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा एक सय ५९ कम्पनीहरुको कारोवार भएकाछन । जसअनुसार १७ हजार एक सय ७९ वटा कारोवारमा ५१ लाख २८ हजार नौ सय २४ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ६३ करोड ६३ लाख ३९ हजार पाँच सय ६० रुपैयाँ पुगेको छ ।  

साताको सुरुवाती कारोवार दिन १० दसमलव ८५ अंकले बढेर ११ सय ३१ दसमलव ७० बिन्दुमा पुगेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन बिहिबार पनि सात दसमलव छ अंकले उकालो लागेपश्चात ११ सय ४८ दमसलव ७८ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि साताको सुरुवाती कारोवार दिन एक दमसलव ९८ अंकले उकालो लाभगेर दुई सय ४० दसमलव ३१ अंकमा चढेकोमा साताको अन्तिम कारोवार दिन पनि एक दसमलव ६४ अंकले उकालो लागेपश्चात दुई सय ४४ दसमलव ७० बिन्दुमा पुगेर रोकिएको छ । 

साताको बाँकी कारोवार दिनहरु मध्ये दोस्रो र चौथो दिन नेप्से परिसुचक क्रमश १२ दसमलव ४९ र शुन्य दसमलव आठ अंकले उकालो लागेको थियो भने सेन्सिटिभ इन्डेक्स पनि क्रमश दुई दसमलव आठ अंकले बढेको थियो भने चौथो दिन स्थिर रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै