• २०८१ बैशाख १२ बुधबार

इपिएल : पोखराले काठमाडौँलाई दियो १६६ रनको लक्ष्य 

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आज जारी दोस्रो खेलमा पोखरा राइनोजले काठमाडौँ किंग्सलाई १६६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको छ।  

पोखराका लागि रिचार्ड लेभीले ३८ रन बनाए भने कप्तान किले कोत्जर र पाउल कोघलिनले ३७-३७ रन बनाए। त्यस्तै बिनोद भण्डारीले १७ तथा सुनिल धमला र राजेश पुलामी मगरले ९-९ रनको योगदान गरेका छन्। 

काठमाडौँ किंग्सका लागि बिक्रम भुसाल र केभिन ओ ब्रायनले २-२ विकेट लिएका छन् भने रोहन मुस्तफा र सम्सद सेखले एक एक विकेट लिएका छन्। काठमाडौँ किंग्सका नियमित कप्तान सोमपाल कामी घाइते भएपछि काठमाडौँको कप्तानी रोहन मुस्तफाले गरेका छन्। 

प्रतियोगितामा रहिरहन दुवै टिमलाई यो खेल जित्नै पर्ने रहेको छ। पोखराले यसअघि ३ खेलमा हार बेहोरिसेकाले यो खेल जित्नै पर्ने दबाबमा रहेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै