• २०८१ बैशाख ११ मंगलबार

इपिएल : काठमाडौँसँगको हारसँगै पोखरा राइनोज प्रतियोगिताबाट बाहिरियो 

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत आजको खेलमा पोखरा राइनोज काठमाडौँ किंग्ससँग पराजित भएपछि लगातार चौथो खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ। पोखराले दिएको १६६ रन पछाएको काठमाडौँले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।  

काठमाडौँका लागि केभिन ओ ब्रायनले ५४ रन बनाएका थिए भने कप्तान रोहन मुस्तफाले ४० रन बनाएका थिए। केभिनले ३५ बलमा ५४ रन बनाएका थिए। उनले ३ छक्का र ४ चौका हानेका थिए। त्यस्तै मुस्तफाले पनि उत्कृष्ट ब्याटिंग गर्दै ३१ बलमा ४० रन बनाएका थिए।

त्यस्तै काठमाडौँको जितमा सुब्रमनियन आनन्दले १७ बलमा २७ रन बनाएका थिए। त्यस्तै सागर पुनले १८ तथा अमित श्रेष्ठले ११ रन बनाएका थिए। 

पोखराका बलर बिक्रम सोबले २ विकेट लिए भने सुशान भारी र शक्ति गौचनले एक एक विकेट लिए।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो। पोखराका लागि रिचार्ड लेभीले ३८ रन बनाए भने कप्तान किले कोत्जर र पाउल कोघलिनले ३७-३७ रन बनाएका थिए । त्यस्तै बिनोद भण्डारीले १७ तथा सुनिल धमला र राजेश पुलामी मगरले ९-९ रनको योगदान गरेका थिए । 

काठमाडौँ किंग्सका लागि बिक्रम भुसाल र केभिन ओ ब्रायनले २-२ विकेट लिएका थिए भने रोहन मुस्तफा र सम्सद सेखले एक एक विकेट लिएका थिए । काठमाडौँ किंग्सका नियमित कप्तान सोमपाल कामी घाइते भएपछि काठमाडौँको कप्तानी रोहन मुस्तफाले गरेका थिए । 

यो सँगै पोखरा इपिएलबाट बाहिरिने पहिलो टिम भएको छ।  पोखराले प्रतियोगितामा खेलेका चारै खेलमा हार बेहोरेको छ। त्यस्तै काठमाडौँले ३ खेलमा २ मा जित हासिल गर्दै प्रतियोगितामा प्लेअफमा पुग्ने सम्भावना बाँकि नै छ। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै