रुपन्देहीका न्यायाधिवक्ता कोषहरि निरौलाविरुद्ध मुद्दा दायर 

खरीबोट

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु ८० हजार घुस मागेको अभियोग निरौलामाथि लागेको छ । यस्तै कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई रु सात हजार घुस लिँदा लिँदै गरेको अवस्थामा आयोगको टोलीले आज पक्राउ गरेको हो । 

शेयरधनीको लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि कम्प्युटर अपरेटर आत्रेयले घुस माग मागेको अभियोग लागेको छ । आरोपी आत्रेयमाथि छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । 

सम्बन्धित समाचार

पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दायर

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल कार्यालयले पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा नेपाल गुणस्तर तथा नापतौलको मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प तथा

वकिललाई ज्यान मार्ने धम्की दिनेविरुद्ध अपहेलना मुद्दा दायर 

काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्ला अदालतभित्रै कानुन व्यवसायी र मुद्दाको पक्षलाई मार्ने धम्की दिने दुईजनाविरुद्ध आज अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता अनन्तराज लुईंटेल तथा उनका सहयोगी एवं पक्षलाई मार्ने धम्की

खानेपानीका तत्कालिन इन्जिनियरसहित ५ जनाविरुद्ध मुद्दा दायर  

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतका तत्कालीन इन्जिनियर प्रेम बहादुर थापासमेत ५ जना उपर आरोप-पत्र दायर गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वत

भ्रष्टाचारको आरोपमा प्रधानाध्यापक र अध्यक्षविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राजपुर र सतबरियालगायत विभिन्न सामुदायिक वन उपभोक्ता समितिबाट प्राप्त भएको काठ हिनामिना गरेको आरोपमा साधारण उच्च माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध


z