काठमाडौँ। अस्ट्रेलिया र भारतबीचको दोस्रो टेस्ट क्रिकेट खेल आज देखि सुरु भएको छ। पहिलो दिनको खेल सकिदा अस्ट्रेलियाले ६ विकेट गुमाएर २७७ रन बनाएको छ। टस जितेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले दोस्रो टेस्टको उत्कृष्ट सुरुवात गरेको छ।
अस्ट्रेलियाका लागि मार्कोस ह्यारिसले सर्वाधिक ७० रन बनाए। त्यस्तै ट्राभिस हेडले ५८ रन बनाए भने अरोन फिन्चले ५० रन बनाए। त्यस्तै शान मार्शले ४५ रन बनाए भने उसमान ख्वाजा ५ रन बनाएर आउट भए। त्यस्तै पिटर ह्यान्ड्सकम्बले ७ रन बनाए। त्यस्तै टिम पैनेले १६ र पाट कमिन्सले ११ रन बनाएर खेलिरहेका छन्।
त्यस्तै भारतीय बलर इशान्त शर्मा र हनुमान विहारीले २-२ विकेट लिए भने जसप्रित बुमराह र उमेश यादवले एक एक विकेट लिए।