• २०८१ बैशाख ४ मंगलबार

छोराले गरे छुरा प्रहार गरी बाबुको हत्या

kharibot

उर्लाबारी। मोरङको विराटनगर महानगरपालिका–१७ धुनिया बस्तीमा एक युवकले छुरा प्रहार गरी बाबुको हत्या गरेका छन् । 

छुरा प्रहारबाट ५० वर्षीय शशी मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गए राति मण्डलकी जेठी श्रीमतीका छोरा २५ वर्षीय आकाश र कान्छी श्रीमतीका छोरा २२ वर्षीय चुनुबीच घरायसी विषयमा भएको विवाद चुलिँदा चुनुले बाबुको हत्या गरेको बताइएको छ । 

छुरा प्रहारबाट गम्भीर घाइते शशीलाई उपचारका लागि नोबेल अस्पताल लगिएको र सो क्रममा बिहीबार राति उनको मृत्यु भएको हो । छुरा प्रहारबाट दाजु आकाशसमेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ । अभियुक्त चुनुलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै