एकहत्तर वर्षमा मैयाँले पाइन् नागरिकता

खरीबोट

ओखलढुङ्गा। यहाँको रावादोलुकी मैयाँ खड्काले ७१ वर्षमा नागरिकता पाएकी छन् । 

अपाङ्गता भएका कारण सदरमुकामसम्म आउन नसकेकाले नागरिकता बनाउन नपाउनुभएकी उनले गाउँमै शिविर सञ्चालन पछि नेपाली नागरिकता पाएकी हुन् । गाउँमै शिविर आएपछि मैयाँले नागरिकता पाएको आफन्त डम्बरबहादुर खड्काले बताए । शिविरमा सांसद यज्ञराज सुनुवार र प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले खड्कालाई नागरिकता हस्तान्तरण गरेका छन् । 

उनीजस्तै अशक्त र वृद्धवृद्धाले गाउँमै सेवा पाएका छन् । समय र पैसा खर्च गरेर सदरमुकामका कार्यालयबाट लिनुपर्ने सेवा गाउँमै पाएको भन्दै स्थानीयवासीले खुशी भएका थिए । जिल्ला प्रशासन कार्यालयको संयोजनमा दुई दिन सञ्चालन भएको सरकारी घुम्ती शिविरमा ५२७ नागरिकले सेवा लिएका प्रजिअ यौपानेले जानकारी दिए ।

शिविरमा १३४ ले नागरिकता लिएका र २१६ ले स्वास्थ्य जाँच गराएर औषधि लिएका छन् । यस्तै सात जना व्यवसायीले व्यवसाय दर्ता गराएका र मतदाता नामावलीमा १७० ले अभिलेख दर्ता गराएका छन् । 

सम्बन्धित समाचार

दोहोरो नागरिकता लिने महिला पक्राउ

इनरुवा । झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला पक्राउ परेकी छिन् ।  विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी

गैरआवासीय नेपालीले नेपालीसरह नागरिकता दिन माग

काठमाडौँ। गैरआवासीय नेपालीले नेपाली नागरिक सरह नै नागरिकता प्रमाणपत्र दिने व्यवस्था गर्न माग गरेका छन् ।  प्रतिनिधिसभा, राज्य व्यवस्था समितिको आजको बैठकमा गैरआवासीय नेपाली संघका प्रतिनिधिले नागरिकता दिने व्यवस्थालाई सहज र

विभिन्न कारण नागरिकता नपाएका बच्चालाई नागरिकता दिनुपर्नेमा जोड 

काठमाडौं । विभिन्न कारणले जन्मिएका बच्चालाई नागरिकता प्राप्ति सहज र सरल ढंगले गर्न पाउनुपर्नेमा जोड दिइएको छ । नेपालको नागरिता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल गर्न राजधानीमा बिहीबार

नक्कली नागरिकता प्रकरण : थप तीन जना पक्राउ

धनुषा। नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई पक्राउ गरिएको छ । यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थियो ।  पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला


z