• २०८१ बैशाख ६ बिहीबार

ठूलो परिमाणको कालो मरीच बरामद

kharibot

फाइल तस्बीर

राँझा। नेपालगञ्ज हुँदै अवैध रुपमा भारततर्फ चोरी निकासी गर्न राखिएको ठूलो परिमाणको कालो मरिच प्रहरीले बरामद गरेको छ । नेपाल–भारत सीमावर्ती क्षेत्र जमुनाहगाउँ पछाडि लुकाइराखिएको अवस्थामा एक हजार २०५ केजी कालो मरीच बरामद भएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इञ्चार्ज प्रहरी निरीक्षक नारायण डाँगीले जानकारी दिए । 

बरामद भएको कालो मरीचको बजार मूल्य रु चार लाख ८२ हजार बराबर छ । मरिच आज नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक डाँगीले बताउनुभयो । सोही ठाउँबाट प्रहरीले लेडिज फाउण्डेशन क्रिम छ पेटी बरामद गरेको छ ।

यसको बजार मूल्य रु एक लाख ६८ हजार बराबर छ । अवैध चोरी निकासी नियन्त्रण गर्नका लागि वडा प्रहरी कार्यालयले मोबाइल गस्ती टोली परिचालन गरेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै