• २०८१ बैशाख १४ शुक्रबार

नुवाकोटमा मिनी ट्रक दुर्घटनामा १६ जनाको मृत्यु

kharibot

विदुर। नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीमा आज साँझ मिनी ट्रक दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । 

समुद्रटारबाट शिखरबेंसी हुँदै घ्याङफेदीतर्फ गइरहेको सो मिनी ट्रक आज साँझ ६ बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताएका छन् । 

मिनी ट्रकमा ४० जना यात्रु रहेको बताइएको छ । मिनी ट्रक भीरबाट करीब ४०० मिटर तल खसेको दुप्चेश्वर गाउँपालिकाका प्रशासकीय अधिकृत रामहरि गजुरेलले जानकारी दिए । 

(राससको रिपोर्ट)

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै