• २०८१ बैशाख ८ शनिबार

१२ वर्षीया बालिकालाई बलात्कार प्रयास गर्नेलाई चार वर्ष कैद

kharibot

सप्तरी। १२ वर्षीया बालिकालाई बलात्कार गर्न प्रयास गरेको आरोपमा सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका २४ वर्षीय रमा भनिने रमाकान्त चौधरीलाई अदालतले चार वर्ष कैद सजायको फैसला गरेको छ । 

सप्तरी जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलको एकल इजलाशले सो फैसला गरेको हो । विसं २०७४ साउन ७ गते सुरुगा नगरपालिका–४ स्थित हरिनारायण चौधरीको फुलबारीमा बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् ।

प्रहरीले आरोपितलाई विसं २०७४ साउन १२ गते गिरफ्तार गरी सोही दिन उजुरी दर्ता गरेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै