• २०८१ बैशाख ८ शनिबार

विराट कोहलीले बनाए टेस्ट क्रिकेटमा २५औ शतक

kharibot

काठमाडौँ। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटमा आफ्नो २५औ शतक बनाएका छन् ।  हाल जारी अस्ट्रेलियाविरुद्धको दोस्रो टेस्टको तेस्रो दिन विराटले शतकीय पारी खेल्दै भारतलाई राम्रो स्थितिमा पुर्याएका हुन् ।  

विराटले आफ्नो पारीमा २१६  बलको सामना गर्दै ११ चौका हानेर शतक पुरा गरेका थिए ।  विराटको यस बर्ष टेस्ट क्रिकेटमा यो पाचौ शतक हो। त्यस्तै विराटको अष्ट्रेलियाविरुद्ध भने यो सातौ टेस्ट शतक बनाएका छन्। विराटले श्रीलंका र इङल्याण्डविरुद्ध ५-५ शतक हानेका छन् त्यस्तै न्युजील्याण्डविरुद्ध ३, दक्षिण अफ्रीका र वेस्टइन्डिजविरुद्ध २-२ टेस्ट शतक बनाएका छन्। त्यस्तै एक शतक बंगलादेशविरुद्ध बनाएका छन्।  

विराटले अहिलेसम्म यो टेस्टसहित ७४ टेस्ट क्रिकेटमा २५ शतक र १९ अर्धशतक सहित ६ हजार ४ सय ६८ रन बनाएका छन् । 

यो समाचार तयार गरुन्जेल भारतले ४ विकेट गुमाएर २१४ रन बनाएको छ भने अस्ट्रेलियासँग पहिलो पारीमा ११२ रनले पछाडी रहेको छ ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै