• २०८१ बैशाख ८ शनिबार

राजा नाच्दा गणतन्त्रको जग हल्लियो : कमल थापा 

kharibot

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पारिबारिक माहौलमा ब्यक्तिगत जिबनसङ्ग सम्बन्धित समारोहमा नाचेको घटनालाई लिएर शिर्ष तहको नेताबाट  आएको अभिव्यक्तिलाई हतास र कमजोर मानसिकको उपज भनेका छन् । 

पार्टीको सात नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको आज धनगढीमा उद्घाटन गर्दै थापाले नेकपा अध्यक्ष प्रचण्ड प्रती लक्ष्यित गर्दै पुर्ब राजाको निजि गतिविधिबाट धेरै तर्सिनु नपर्ने बताउदै यसबाट गणतन्त्रको जग कमजोर भएको प्रष्ट भएको समेत बताए । 

सो अबसरमा बोल्दै अध्यक्ष थापाले गणतन्त्र , धर्म निरपेक्षता र संघीयता बिदेशिको एजेन्डा भएको समेत बताए । नेपाली काङ्ग्रेसको महासमिति बैठक काठमाडौंमा जारी भएको चर्चा गर्दै थापाले काङ्ग्रेसले लिएको गलत बाटो सच्याउने हिम्मत तर्फ महासमिति बैठक केन्द्रित हुनुपर्ने पनि बताए । बिपि,किसुनजी र गणेशमानको भावनाको सम्मान गर्दै आफ्नो मौलिक पहिचान जोगाउन तर्फ काङ्ग्रेस अग्रसर हुनुपर्ने समेत उनले बताए । काङ्ग्रेसले राप्रपालाई अलोकतान्त्रिक अप्रजातान्त्रिक भनेकोमा थापाको तिब्र आपत्ती थियो । 

प्रजातन्त्रको बिषयमा आफुहरु कुनै पार्टी भन्दा कम नभएको थापाको दाबी थियो । बिगतमा गरेको गल्ती कमजोरीलाई सच्याउदै निष्ठा र आदर्शको राजनितीमा आगामी दिनमा केन्द्रित हुने उनले बताए । "बारम्बार सत्तामा गएको जनताले मन पराएनन् , अब सत्ता केन्द्रीत राजनीति  हुदैन" पार्टीले अबलम्बन गरेको नीति,बिचार र सिद्धान्तबाट एक इन्च तलमाथि नहुने भन्दै थापाले एजेन्डाबाट पछाडि हट्ने छुट नभएको भन्दै एजेन्डा परित्याग गरे देश,जनता र धर्म माथी धोका हुने भएकोले त्यस्तो बेईमानी राजनीति नगर्ने समेत उद्घोष गरे । 

पार्टी एकताको बिषयमा आफू सकारात्मक भएको भन्दै एकताको ढोका सदैब खुल्ला रहने बताए । उनले थपे - एकताको नाममा निष्क्रीय बस्न सकिन्न , निरन्तर कार्यक्रम अघि बढ्छ। हिन्दुराष्ट्र ,राजसंस्था र गाई चुनाब चिन्ह सङ्ग सहमत सबैसङ्ग एकता हुन सक्छ " । आगामी फागुन ७ देखि शुरु हुने आन्दोलनमा तयार रहन कार्यकर्तालाई निर्देशन दिए । 

सो अबसरमा बोल्दै राप्रपा नेता राजेन्द्र लिङ्देनले राप्रपा समाप्त नभएको पार्टीलाई स्थापित गराएरै छाड्ने दृढता ब्यक्त गरे । कार्यक्रममा नेताहरु चन्द्रबहादुर गुरुङ, भुवन पाठक, तोरण बहादुर गुरुङ ,श्याम बहादुर शाही लगायत लगाएतले बोलेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै