• २०८१ बैशाख १३ बिहीबार

बार्सिलोनाको जितमा मेसीको ह्याट्रिक, बनाए नयाँ रेकर्ड  

kharibot

काठमाडौँ। स्पेनिस ला लिगामा बार्सिलोनाले लेभांटेमाथि फराकिलो जित हासिल गरेको छ। गएराती भएको खेलमा बार्सिलोनाले लेभांटेलाई ५-० गोल अन्तरले पराजित गरेको हो। 

बार्सिलोनाको जितमा लियोनेल मेसीले ह्याट्रिक गरे भने लुइस स्वरेज र जेरार्ड पिकेले एक एक गोल गरेका थिए। मेसीले ह्याट्रिकका साथै दुवै गोल असिस्ट समेत गरेका थिए। मेसीले यस सिजनमा कुल १४ गोल गरेका छन् भने १० गोल असिस्ट समेत गरेका छन्।

मेसीको ला लिगामा यो ३१औ ह्याट्रिक हो। ला लिगामा सबै भन्दा धेरै ह्याट्रिक भने क्रिस्टियानो रोनाल्डोको नाममा रहेको छ। रोनाल्डोले ३४ ह्याट्रिक गरेका छन्। त्यस्तै मेसीले पछिल्ला ९ बर्ष मध्य ८ बर्षमा बार्सिलोनाका लागि हरेक बर्ष ५० भन्दा बढी गोल गर्ने नयाँ रेकर्ड समेत बनाएका छन्।

साथै मेसीले बार्सिलोनाका लागि अहिलेसम्म कै धेरै खेल जित्ने खेलाडी बनेका छन्। मेसीले अहिलेसम्म बार्सिलोनाका लागि ३२३ खेल जितेका छन्। यो रेकर्ड यसअघि जाभीसँग थियो जसले बार्सिलोनाकालागि ३२२ खेल जितेका थिए।   

यस खेलमा खेलको ७६ मिनेटमा लेभांटेका काबाकोले रातो कार्ड पाएर मैदान छोडेपछि लेभांटे १० खेलाडीमा सिमित भएको थियो। 

जितपछि बार्सिलोना १६ खेलमा ३४ अंकक साथ शिर्ष स्थानमा कायमै छ भने सेभिल्ला ३१ अंकका साथ दोस्रो र एथलेटिको म्याड्रिड पनि ३१ अंकका साथ नै तेस्रो स्थानमा रहेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै