• २०८१ बैशाख ११ मंगलबार

मुक्तिनाथ विकास बैंकको १२औं बार्षिक साधारण सभा सम्पन्न

kharibot

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले मंसिर २९ गते पोखरामा आफ्नो १२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

उक्त साधारण सभाले आ.व. २०७४-०७५ को वार्षिक प्रतिवेदन, आ.व. २०७५-०७६ को लागि लेखापरीक्षको नियुक्ति लगायतका सामान्य प्रस्तावहरु सहित आ.व. ०७४-०७५ को मुनाफाबाट सेयरधनीहरुलाई (०.९६ प्रतिशत वोनस सेयरको कर प्रयोजनार्थ नगद लाभाँस र १८.२५ वोनस सेयर सहित) १९.२१ प्रतिशत लाभाँस वितरण गर्ने र उक्त वोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजी को २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विषेश प्रस्ताव पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष खिम प्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य नारायण प्रसाद पौडेलले स्वागत मन्तब्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको विगत तथा वर्तमान अवस्था र बैँकको भावी रणनीतिका बारेमा साधारण सभा समक्ष जानकारी गराएका थिए। कार्यक्रम बैंकका कम्पनी सचिव डण्डपानी ढकालले सञ्चालन गरेका थिए ।

उक्त साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७४-०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सेयरधनिहरुबाट बिभिन्न सल्लाह सुझाव र जिज्ञासाहरु आएका थिए । सेयरधनिहरुबाट आएका जिज्ञासाहरुको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रस्ट पारेका थिए। बैंकका निवर्तमान अध्यक्ष मिन प्रसाद गुरुङ्ग र निवर्तमान प्रमुख कार्यकारी अधिकृत भरत राज ढकालले कार्यक्रमको सफलताको शुभकामना मन्तव्य दिएका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै