• २०८१ बैशाख ८ शनिबार

सुदृढ स्थानीय स्वायत्त शासनमा राप्रपाको जोड

kharibot

कैलाली । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालजस्तो देशका निमित्त सङ्घीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुन्छ भन्ने पार्टीको मान्यता रहेको बताएका छन् ।

धनगढीमा आज आयोजित पत्रकार भेटघाटमा उनले नेपालको भू– राजनीतिक परिवेश, धार्मिक, सामाजिक, सांस्कृतिक अवस्था र समकालीन राजनीतिक पृष्ठभूमिमा राजसंस्थासहितको प्रजातन्त्र, धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दूराष्ट्र र एकात्मक राज्य प्रणालीअन्तर्गत सृदृढ, बलियो स्थानीय स्वायत्त शासन नै उपयुक्त हुने र यसले मात्र देशलाई स्थायित्व दिन सक्ने बताए ।

अध्यक्ष थापाले २०६२÷६३ को राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने क्रममा जे–जस्ता कार्य भए त्यसले वर्तमान समयमा विभिन्न विकृति र विसङ्गति बढाएकाले हामी सबैले यसको सुधार गर्नुपर्नेमा जोड दिए ।

सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले नेपालमा हिन्दूराष्ट्र र राजतन्त्रसहितको प्रजातन्त्र स्थापित गर्न त्यति सहज नभएपनि असम्भव पनि नभएको जिकिर गरे ।

अध्यक्ष थापाले पार्टीको वर्तमान कार्यनीति सङ्गठन निर्माण, जनपरिचालनसम्बन्धी कार्यक्रम, पार्टी एकता र फागुन ७ गतेदेखि जनसङ्घर्ष कार्यनीति लिएर आफ्ने पार्टी अगाडि बढिरहेको बताए ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै