• २०८१ बैशाख ७ शुक्रबार

च्याम्पियन्स लिगको अन्तिम १६ को 'ड्र' सार्वजनिक, को कुन क्लबसँग परे ?

kharibot

काठमाडौँ। च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । प्रि-क्वाटरफाइनलमा पुग्ने १६ क्लबको ड्र आज सार्वजनिक भएको हो। 

च्याम्पियन्स लिगको ड्र अनुसार प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र साल्के अन्तिम १६ मा खेल्ने भएका छन्। त्यस्तै प्रिमियर लिग क्लब टोटनह्याम जर्मनी क्लब डोर्टमण्डसँग खेल्ने भएको छ। त्यस्तै स्पेनिस लिग क्लब बार्सिलोना भने फ्रेन्च क्लब लियोनसँग परेको छ। त्यस्तै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड नेदरल्याण्डको क्लब अजाक्ससँग परेको छ। 

त्यस्तै गतबर्ष फाइनलमा पुगेको प्रिमियर लिग क्लब लिभरपुल भने जर्मनीको च्याम्पियन बायर्न म्युनिखसँग परेको छ। त्यस्तै इटालीको क्लब एएस रोमा पोर्चुगलको क्लब पोर्टोसँग परेको छ। त्यस्तै इटालियन क्लब युभेन्टस स्पेनिस क्लब एथलेटिको म्याड्रिडसँग परेको छ भने फ्रेन्च च्याम्पियन पिएसजी भने प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडसँग परेको छ।

अन्तिम १६ को ड्र हेर्दा लिभरपुल र बायर्न म्युनिख, युभेन्टस र एथलेटिको तथा पिएसजी र म्यानचेस्टर युनाइटेडबीचका खेल तुलनात्मक रुपमा कठिन र प्रतिष्पर्धी हुने देखिएको छ। 

यस सिजनको च्याम्पियन्स लिगको अन्तिम १६ मा बोरुसिया ड्रोटमण्ड, बार्सिलोना, रियल म्याड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, पिएसजी,पोर्टो र युभेन्टस समुहमा प्रथम हुदै अन्तिम १६ मा पुगेका छन् भने म्यानचेस्टर युनाइटेड, एएस रोमा, ओलम्पिक लियोन, एजाक्स, शाल्के, लिभरपुल, टोटनह्याम र एथलेटिको म्याड्रिड समुहमा दोस्रो हुदै अन्तिम १६ मा पुगेका छन्। 

समुह चरणमा बार्सिलोना, पोर्टो र बायर्न म्युनिख अपराजित हुदै दोस्रो चरणमा पुगेका हुन् । त्यस्तै डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिडले समुह चरणमा २ खेलमा हार बेहोरेको थियो भने गत बर्षको फाइनालिष्ट लिभरपुल समुह चरणमा ३ खेलमा पराजित भएको थियो। 

अन्तिम १६ का पहिलो लिगका खेलहरु फेब्रुअरी १२-१३ र १९-२० मा हुने छन्।त्यस्तै दोस्रो लिग मार्च ५-६ र १२-१३ मा हुने छन्।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै