• २०८१ बैशाख १२ बुधबार

नेकपा स्थायी समिति बैठक भोलि पनि बस्ने, गजुरेलले राखे लिखित सुझाव 

kharibot

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी समितिको बैठक सम्पन्न भएको छ ।

शनिबारदेखि सुरु भएको स्थायी समितिको आजको बैठकमा नेता वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, हरिवोल गजुरेल, अग्नी सापकोटा, शक्ति बस्नेत लगायत १० जना नेताहरुले बोलेका थिए । हरिवोल गजुरेलले भने लिखित ‘डकुमेन्ट’सहित सुझाव पेश गरेको बताइएको छ।  

यसअघि शनिबार बसेको बैठकमा दुवै अध्यक्षले संयुक्त रुपमा राजनीतिक प्रस्ताव  भने  बामदेव गौतमले फरक राजनीतक प्रस्ताव प्रस्तुत गरेका छन्। दुवै प्रस्ताव अहिले स्ठायी समितिका सदस्यलाई पढ्न दिइएको बताइएको छ।

स्थायी समिति सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ। नेकपाका नेता कृष्ण गोपाल श्रेष्ठका अनुसार बैठकमा बोल्ने हरेक सदस्यलाई २० मिनेटको समय दिइएको छ। 
बैठक भोलि बिहान ८ बजे फेरी बस्ने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै