• २०८१ बैशाख १३ बिहीबार

यौनसम्बन्धी केही अचम्म लाग्दा तथ्य

kharibot

काठमाडौँ। यौनसँग सम्बन्धित विषयलाई जति बेवास्ता गर्ने कोसिस गरे पनि यसबाट पछि हट्न सकिँदैन । प्राचीन कालदेखि नै यौनबारे अनगिन्ती अध्ययन, अनुसन्धान भएका छन् । अहिले पनि यस विषयमा अनुसन्धान जारी नै छ । केही अनुसन्धाताले यौनसँग सम्बन्धित विश्वास नै गर्न नसकिने अनौठो किसिमको शोधखोज गरेका छन् । 

स्वास्थ्यको लागि उत्तम क्याजुअल सेक्स 

अमेरिकी न्यूयोर्क युनिभर्सिटी र कर्नेल युनिभर्सिटीका शोधकर्ताहरुका अनुसार क्याजुअल सेक्स अर्थात् अचानक भएको यौन सम्पर्कले मानिसमा रहेका उत्कण्ठा, चिन्ता, तनाव आदि कम गर्छ र यसले आत्मविश्वास बढाउँछ । 

पुरुषले फर्सी खानु राम्रो 

सिकागोको स्मेल एन्ड टेस्ट ट्रिटमेन्ट रिसर्च फाउन्डेसनले एक हाँसो उठ्दो अनुसन्धान गरेको छ । यो अनुसन्धानअनुसार फर्सीको गन्धले लिंगमा रक्तसञ्चार बढाइदिन्छ । जुन पुरुषमा यौन सम्पर्क गर्दा शीघ्र स्खलित हुने समस्या छ, तिनले आफ्नो दैनिक आहारमा फर्सी मिसाए यसले फाइदा दिने पनि उल्लेख गरिएको छ । 

लिंग लामो हुने पुरुषले धोका पाउने सम्भावना

पब्लिक लाइब्रेरी अफ साइन्स जर्नलमा प्रकाशित एक शोधका अनुसार लिंग लामो हुने पुरुषलाई पत्नीले धोका दिने सम्भावना त्यतिकै बढी हुन्छ । 

जिम्मेवार पतिले कम यौन सम्पर्क राख्ने 

जुन पुरुषले बालबच्चा सम्हाल्छन् र घरको कामकाजमा आफ्नी पत्नीलाई सहयोग गर्छन्, तिनको यौन जीवन राम्रो हुन्छ भन्ने आम धारणा छ । तर, हालसालै द अमेरिकन सोसियोलोजिकल रिभ्युमा प्रकाशित एक अध्ययनका अनुसार जुन पुरुषले सरसफाइ, कपडा धुनु, भाँडा माझ्नु आदि जस्ता घरको काम र जिम्मेवारीमा पत्नीलाई सहयोग गर्छन्, तिनले घरको कामकाजमा पटक्कै ध्यान नदिने पुरुषको तुलनामा कम यौन सम्पर्क राख्छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै