• २०८१ बैशाख ८ शनिबार

हिटलर र सेप्टेम्बर ११ को भविष्यवाणी गरेकाको दाबी : २०१९ मा तेस्रो विश्वयुद्ध सुरु हुन्छ !

kharibot

तस्बिर : Mirror UK

काठमाडौं । भविष्यद्रष्टा अर्थात् पछिको कुरा भन्ने व्यक्तिलाई कत्तिको मान्नुहुन्छ । यदि त्यस्ता मानिसको कुरा पत्याउनुहुन्छ भन्छे दुःखद खबर छ । आगामी २०१९ मा तेस्रो विश्वयुद्ध हुने एक भविष्यवाणी गर्ने व्यक्तिले दाबी गरेका छन् । 

नराम्रा कुराहरुबारे भविष्यवाणी गरेर चर्चित नोष्ट्राडामुसले आगामी वर्ष नै तेस्रो विश्वयुद्धको सूत्रपात हुने दाबी गरेका हुन् । हिटलरको उदयदेखि अमेरिकाको ट्विन टावरमा भएको अलकायदाको आक्रमणसम्मको भविष्यवाणी गरेका उनले यस्तो खतरनाक घटनाबारे भविष्यवाणी गरेको अन्तर्राष्ट्रिय अनलाइनहरुले लेखेका छन् ।

यदि उनको कुरा सत्य साबित भए २०४६ सम्म विश्वमा कुनै राम्रो हुने छाँटकाँट देखिँदैन । उनको १५५५ किताब लेस प्रोफेटिजमा फ्रान्सका ती व्यक्तिले तीन दशक लामो युद्धको सुरुवात हुनेछ । 

९ सय ४२ कवितात्मक क्वार्टेनमा भविष्यका घटनाहरुबारे उल्लेख गरिएको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै