• २०८१ बैशाख १३ बिहीबार

मुक्तिनाथ विकास बैंकको २ सय १५औं वित्तीय साक्षरता कार्यक्रम

kharibot

काठाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आजको आवश्यकता, विद्यार्थीहरुमा वित्तीय साक्षरता भन्ने मूलआशयले २ सय १५औ वित्तीय साक्षरता कार्यक्रम सत्यनारायण माध्यमिक विद्यालय, विराटनगरमा गरेको छ ।

विगतमा कार्यक्षेत्रभित्रका स्थानीयहरुलाई यस कार्यक्रममा सहभागी गराउदै आएको बैंकले गत आर्थिक वर्षदेखि विद्यार्थीहरुमा समेत  वित्तीय साक्षरता कार्यक्रम अभियानको रुपमा सञ्चालन गरेको जनाएको छ । 

चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग, सफानोट सभ्यताको प्रतीक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकारलगायतको विषयमा वित्तीय चेतनाको अभिवृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।

विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको थियो ।

बैंकले हालसम्म २ सय १५ स्थानमा करिब ४० हजार जना स्थानीय तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रममा सहभागी गराइसकेको जनाएको छ ।

बैंकले गरेको यस प्रकारको कार्यक्रमलाई व्यापक रुपमा सञ्चालन गर्न कार्यक्रममा उपस्थित भएकाहरुले सुझाव दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै