• २०८१ बैशाख ६ बिहीबार

कमल थापाको प्रश्न : प्रधानमन्त्रीलाई कुन शक्तिले घेराबन्दीमा पारेर यति निरीह बनायो ? 

kharibot

नेपालगञ्ज । राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओलीको नियतमा शंका नभए पनि राज्य संयन्त्र संचालनमा धेरै निष्प्रभावी, कमजोर र असफल साबित भएको बताएका छन् । प्रधानमन्त्री ओलीको निरीहताले आफू आश्चर्यमा परेको समेत उनले बताए ।

उनलाई कुन शक्तिले घेराबन्दीमा पार्दै यति निरीह बनाएको छ भन्ने बुझिनसक्नु भएको बताए । प्रदेश नम्बर ५ को प्रशिक्षण कार्यक्रमको आज नेपालगन्जमा उद्घाटन गर्दै थापाले निर्मला पन्त, सुन कान्ड लगायत ठुला ठुला भ्रष्टाचार प्रकरणमा सरकार असफल साबित भएको टिप्पणी गरे ।

सबै क्षेत्र राजनितीकरणको चेपुवामा परेको भन्दै थापाले सरकार असफल उन्मुख हुनुको कारण खोज्न प्रधानमन्त्री ओलिलाई सुझाब दिए । थापाले भने, प्रधानमन्त्री ओलीजीको नियतमाथि म शंका गर्दिन, तर उहाँ दिनप्रतिदिन असफलताको ओरालो यात्रामा हुनुहुन्छ । यसको कारक  शक्ति कुन हो खोज्नुस् । 

प्रदेशस्तरीय कार्यक्रमबाट आफू  उत्साहित भएको बताउदै आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए । धर्म,सस्कृती र पहिचान रक्षाको निमित्त अब एकपटक जुरुक्क उठ्नुपर्ने बेला आएको थापाको ठहर छ । पार्टी एकताको बिषयमा बोल्दै थापाले आफू सधै एकताको सन्दर्भमा सकारात्मक भएको बताए । 'कसले पार्टी फुटायो, किन फुटायो अब त्यो नखोतलौ, सबै मिलौ अघि बढौ', थापाले भने ।

प्रदेश ५ अध्यक्ष डाक्टर धवलशमसेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सांसद राजेन्द्र लिङ्देनले राप्रपा 'हारेको हो , हराएको होइन' भन्दै पार्टीलाई स्थापित गराएरै छाड्ने दृढता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै धवल शमशेर राणाले राप्रपालाई मुलुकको बलियो शक्ति बनाउनु पर्ने भन्दै पार्टी बलियो बनाउन ईमानदारि पुर्बक लाग्ने बिचार ब्यक्त गरे । सो अवसरमा नेताहरु प्रेम बहादुर भण्डारी, गीता बस्नेत, नारायण बहादुर सिंह लगायतले बोलेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै