• २०८१ बैशाख ७ शुक्रबार

नेपाल टेलिकमले प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने

kharibot

काठमाडौँ। नेपाल टेलिकमले आफ्ना शेयरधनीलाई प्रतिशेयर रु ५५ का दरले नगद लाभांश दिने भएको छ । नेपाल दूरसञ्चार कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । 

आर्थिक वर्ष २०७४-७५ को नाफाबाट नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको ऐनको दफा १८२ को उपदफा २ बमोजिम लाभांश वितरणका लागि सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

सरकारबाट स्वीकृति प्राप्त भई आएपश्चात् कम्पनीको आगामी एघारौ वार्षिक साधारणसभाबाट स्वीकृति भएबमोजिम वितरण गरिने टेलिकमले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै